शेयर धितोकर्जाको सीमा खारेज गर्न माग

काठमाडौं, १८ भदौ । नेपाल इन्भेष्टर्स फोरमले शेयर धितोकर्जामा भएको १२ करोड रुपैयाँको सीमा खारेज गर्न माग गरेको छ । फोरमले शेयर धितो कर्जाको सीमाका कारण बजारमा नकारात्मक असर परेको भन्दै तत्काल खारेज गर्न अर्थमन्त्रीलाई ध्यानाकर्षण गराएका हुन् । चालु वर्षको मौद्रिक नीतिले शेयर धितो कर्जा एक व्यक्ति वा एक संस्थाले बढीमा १२ करोड रुपैयाँसम्म लिन सक्ने व्यवस्था गरेको छ ।

बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाह हुने यस प्रकारको कर्जा जोखिम न्यूनीकरण गर्दै साना लगानीकर्ताहरुको पहुँच अभिवृद्धि गर्ने अभिप्रायले एक वित्तीय संस्थाबाट अधिकतम रू। ४ करोड र समग्र वित्तीय प्रणालीबाट अधिकतम रू। १२ करोडसम्म लिन सक्ने व्यवस्था गरिएको हो ।

व्यक्ति तथा संस्था दुबैका लागि राखिएको यो सीमाका कारण लगानीकर्ताहरु शेयर विक्री गरी ऋण चुक्ता गर्न तर्फ सक्रिय हुँदा बजारमा प्रत्यक्ष दबाब सृजना भई विगत धेरै दिनदेखि बजारमा निरन्तर गिरावट आएको फोरमको ठहर छ ।

बैंक तथा वित्तीय संस्थाहरुले कोर क्यापिटलको ४० प्रतिशत मात्र शेयर धितोकर्जा प्रवाह गर्न पाउछन् जुन ऋण लगानीको २ दशमलव ५ प्रतिशत मात्र हो । यस प्रकारको ऋण सुविधामा पनि सीमा तोकि अझ उक्त सीमा भित्रको ऋणका लागि पनि तीन ओटा बैंक तथा वित्तीय संस्था धाउनु पर्ने कारण लगानीकर्ताहरुले सास्ती व्यहोर्नुपर्ने अवस्था रहेको भनाइ फोरमको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *