शनिबार आरटीजीएस प्रणाली खुला रहने
काठमाडौं, १८ भदौ । भदौ १९ गते शनिबार (भोली) १० बजेदेखि १२ बजेसम्म आटीजीएस प्रणाली खुला रहने भएको छ । नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका अनुसार “विकास ऋणपत्र २०८५ ‘ङ’” को ब्याज भुक्तानी प्रयोजनका लागि आरटीजीएस प्रणाली खुला रहने भएको हो ।
राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र गत फागुन १८ गते बोलकबोल गरेको थियो । ऋणपत्रको साँवा भुक्तानी २०८५ फागुन १९ गते हुनेछ भने व्याज भुक्तानी अर्धवार्षिक रुपमा हुने र आर्जित व्याजमा व्याजकर लाग्नेछ।