Date

मङ्ल, अशोज २८, २०८२
Tue, October 14, 2025

किसान बहुउद्देश्यीय सहकारी संस्थाद्वारा आर्थिक सहयोग

किसान बहुउद्देश्यीय सहकारी संस्थाद्वारा आर्थिक  सहयोग

धनगढी, १८ भदौ। किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आर्थिक सहयोग गरेको छ । धनगढी शाखाको गंगा किसान महिला विकास केन्द्रकी सदस्य संगीता चौधरीको मृत्यु भएपछि श्रद्धाञ्जली सभा तथा सुविधा वितरण कार्यक्रम गरेर मृतक चौधरीका श्रीमान मनोज चौधरीलाई ७ लाख १९ हजार ३५९ रुपैयाँको चेक हस्तान्तरण गरिएको हो । उक्त चेक सुपरीवेक्षण बिभाग प्रमुख प्रकाश कुमार बिसीले हस्तान्तरण गरेका थिए ।

मृतक चौधरीले सोही संस्थाबाट २ लाख ५० हजार ऋण लिएकी थिइन् । तर चौधरीको मृत्यु भएपछि संस्थाले उनको २ लाख ३३ हजार ऋणसमेत मिनाह गगरिदिएको बताइएको छ । संस्थाले आफुखुसी ग्राहकहरुको जीवन बीमा गरीदिएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *