Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

पुनःनिर्माणमा एक खर्व एक अर्व खर्च

पुनःनिर्माणमा एक खर्व एक अर्व खर्च

काठमाडौं, २३ चैत । राष्ट्रिय पुनःनिर्मााण प्राधिकरणले गत फागुन मसान्तसम्म एक खर्ब एक अर्ब ६२ करोड रुपैयाँ पुनःनिर्माणको क्षेत्रमा खर्च गरेको छ । भूकम्प अतिप्रभावित १४ जिल्ला तथा कमप्रभावित १८ जिल्लामा गरी देशका ३२ जिल्लामा भूकम्पपीडितलाई घर, विद्यालय, सम्पदा निर्माणलगायत क्षेत्रमा सो रकम खर्च गरिएको हो ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले ती ३२ जिल्लामा करीब एक लाख १३ हजार घर निर्माण भइसकेको जानकारी दिँदै ती लाख ८४ हजार घर निर्माणका क्रममा रहेको जानकारी दिए ।

प्राधिकरणसँग पर्याप्त रकम नभएका कारण प्रभावितलाई तीन लाख रुपैयाँ उपलब्ध गराउन नसकिएको उनले बताए । २०७२ मा गएको भूकम्पबाट सात हजार ५५३ विद्यालयमा क्षति पुगेकामा तीन हजार विद्यालय बनिसकेको र एक हजार ७०० विद्यालय बन्ने क्रममा रहेको जनाइएको छ । त्यस्तै, ७५३ सांस्कृतिक सम्पदामा नोक्सान भएकामा करीब १०० सम्पदा निर्माण भइसकेको प्राधिकरणले जनाएको छ । (रासस)

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x