Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

बन्दाबन्दीमा गण्डकीका ९७.९ प्रतिशत पर्यटन व्यवसाय पूर्णरूपमा ठप्प

बन्दाबन्दीमा गण्डकीका ९७.९ प्रतिशत पर्यटन व्यवसाय पूर्णरूपमा ठप्प

काठमाडौं, २९ भदौ । गतवर्षको लकडाउन (बन्दाबन्दी) अवधिमा गण्डकी प्रदेशका ९७.९ प्रतिशत पर्यटन व्यवसाय पूर्णरूपमा ठप्प रहेको पाइएको छ । नेपाल राष्ट्र बैंकले आइतवार सार्वजनिक गरेको ‘कोभिड १९ (पहिलो लहर)ले गण्डकी प्रदेशको पर्यटन क्षेत्रमा पारेको प्रभाव सम्बन्धी अध्ययन प्रतिवेदन’ले यस्तो देखाएको हो ।

प्रतिवेदनका अनुसार बन्दाबन्दीको अन्त्यपश्चात पूर्ण रुपमा बन्द भएका पर्यटन व्यवसाय (होम–स्टे बाहेक) को संख्या ९७.९ प्रतिशतबाट १३.२ प्रतिशतमा झरेको र आंशिक सञ्चालन भएका व्यवसायको संख्या १.८ प्रतिशतबाट ८५.४ प्रतिशत पुगेको छ ।

बन्दाबन्दी अवधिमा आधाभन्दा बढी व्यवसायले कर्मचारी÷कामदारलाई बेतलबी बिदा दिएको तथा एक चौथाई व्यवसायले आंशिक तलब तथा सुविधा दिएकोमा बन्दाबन्दी पश्चात् केही सुधार भई एक तिहाइभन्दा बढी व्यवसायहरुले बेतलबी विदा र झण्डै एक तिहाईले आंशिक तलब तथा सुविधा दिएको पाइएको छ । तथापि बन्दाबन्दी अवधिमा १३.६ प्रतिशत व्यवसायले कर्मचारी÷कामदारलाई रोजगारीबाट हटाएकोमा बन्दाबन्दी पश्चात यस्तो संख्या १४.७ प्रतिशत रहनुले रोजगारीको अवस्थामा सुधार आउन नसकेको देखिएको प्रतिवेदनमा उल्लेख छ ।

बन्दाबन्दी अवधिमा पर्यटन व्यवसायमा ५३.०१ प्रतिशत कर्मचारी÷कामदारको रोजगारी कटौती भएको पाइएको छ । यसरी रोजगारी गुमाउनेमा अस्थायी÷ज्यालादारी कर्मचारीको हिस्सा ८९.५ प्रतिशत रहेको छ । सो अवधिमा कर्मचारी÷कामदारको तलब सुविधा औसतमा ५७.३ प्रतिशतले कटौती भएको पाइएको छ । बन्दाबन्दी पश्चात सामान्य समयको तुलनामा ४७.२ प्रतिशत कर्मचारी÷कामदार कार्यरत रहेको तथा सामान्य समयको तुलनामा ६३.६ प्रतिशत तलब सुविधा दिएको पाइएको छ ।

राष्ट्र बैंकको सर्वेक्षणमा बन्दाबन्दी शुरु भएदेखि सर्वेक्षण अवधिसम्म सर्वाधिक ३३.६ प्रतिशत पर्यटन व्यवसायले रु. १० लाखदेखि २० लाखसम्म, २२.९ प्रतिशतले रु. २० लाखदेखि ५० लाखसम्म र २१.४ प्रतिशतले रु. ३ लाखदेखि १० लाखसम्म आम्दानी गुमाएको देखिन्छ । सर्वेक्षणमा रु. ५० लाखसम्म गुमाउने व्यवसायीहरुको संख्या ८१.८ प्रतिशत रहेको पाइएको छ ।
यसैगरी ५६.४ प्रतिशतले पर्यटन व्यवसायीले कोभिड–१९ को (पहिलो लहर) शुरु हुनुअघि बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएको पाइएको छ । उक्त ऋणीहरुमध्ये ७०.९ प्रतिशतले गत आवको चौथो त्रैमासमा बैंक÷वित्तीय संस्थाहरुबाट प्रदान गरिएको २ प्रतिशत ब्याज छुट सुविधा पाएको देखिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x