Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

एमभी दुगडको पियाजियोेमा सिभिल र माछापुच्छ्रे बैंकले ७० प्रतिशत सम्म लगानी गर्ने

एमभी दुगडको पियाजियोेमा सिभिल र माछापुच्छ्रे बैंकले ७० प्रतिशत सम्म लगानी गर्ने

काठमाडौं, २४ चैत । तीनपांग्रे सवारी साधन पियाजियोमा लगानीका लागि सिभिल बैंक र माछापुच्छ्रे बैंक तथा विवेक अटोमोबाइल्स प्रालिबीच सम्झौता भएको छ । दुवै बैंकले नेपाल राष्ट्र बैंकद्वारा निर्दिष्ट गरिए बमोजिम स्वरोजगार कर्जा कार्यक्रमको सीमालाई अझ प्रभावकारी र फराकिलो बनाउन विवेक अटोमोबाइल्स प्रालिसँग सम्झौता गरेको जानकएका छन् । उक्त सम्झौतापत्रमा विवेक अटोमो बाइल्सका तर्फबाट कार्यकारी निर्देशक विवेक दुगड तथा सिभिल बैंकका तर्फबाट चिफबिजनेस अफिसर सुजितकुमार शाक्य र माछापुच्छ्रे बैंकका तर्फबाट चिफबिजनेस अफिसर सर्जु थापाले हस्ताक्षर गरेका छन् ।

नेपालको विभिन्न स्थानमायात्रु ओसारपसार तथा सामान ढुवानीको लागिउपयुक्ततथाप्रभावकारी साधनको रुपमातीनपांग्रे सवारी साधनलाई लिने गरिएको छ । उक्त सवारी सानो पूँजी लगानीबाटै सञ्चालनगर्न सकिन्छ ।

सम्झौताअनुसार बैंकहरुले इटालियन ब्रान्डको तीनपांग्रे सवारी साधनˈपियाजियोˈलाई सरल तथा छरितो तवरले लगानीगर्ने बताएका छन् । उक्त सम्झौताबाट नेपालका बेरोजगार युवाहरुलाई विदेश पलायन हुनबाट रोकी नेपालमै रोजगारीको अवसर सृजनागर्न सहजभएको विवेक अटोमोबाइल्स प्रालिका कार्यकारी निर्देशक विवेक दुगडले बताए । एमभी दुगड ग्रुपअन्तर्गतको विवेक अटोमोबाइल्स पियाजियो गाडीको नेपालका लागि आधिकारिक बिक्रेता हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x