Date

शनि, बैशाख २२, २०८१
Sat, May 4, 2024

एनटीसीको ‘नमस्ते पे’ मोबाइल भुक्तानी सेवा सञ्चालन

एनटीसीको ‘नमस्ते पे’ मोबाइल भुक्तानी सेवा सञ्चालन

काठमाडौं, ३० भदौ । सरकारी स्वामित्वको नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको मुख्य लगानी रहेको नेपाल पेमेन्ट कम्पनी लिमिटेडले ‘नमस्ते पे’ सार्वजनिक गरेको छ । लामो समयको तयारीपश्चात् कम्पनीले मंगलवारदेखि मोबाइल मनी सेवा सञ्चालनमा ल्याएको हो ।

मोबाइल वित्तीय सेवामार्फत वित्तीय पहुँचको विस्तार गर्न तथा डिजिटल नेपालको अवधारणा साकार पार्न सघाउ पु¥याउने उद्देश्यले २०७६ वैशाख १९ गते नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकबीच औपचारिक समझदारी भएको थियो । सो सम्झौताअनुसार टेलिकमको सहायक कम्पनीको रूपमा नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेड स्थापना गरिएको थियो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद भण्डारीले सेवा सञ्चालनमा ल्याइएको जानकारी दिए ।

यसअघि टेलिकम र बैंकका कर्मचारीहरूबीच परीक्षण पश्चात् औपचारिक रूपमा सेवा सुचारु गरिएको हो । शुरुआती चरणमा मोबाइल मनी सेवा एण्ड्रोइड फोनमा सञ्चालन गर्न सकिनेछ । सीईओ भण्डारीले ९५ प्रतिशतभन्दा बढी एण्ड्रोइड मोबाइलका प्रयोगकर्ता रहेको भन्दै शुरुआती चरणमा सो मोबाइलमा सेवा सञ्चालन गर्न सकने जानकारी दिए । कम्पनीले विस्तारै आईओएस मोबाइलमा समेत सेवा सञ्चालन गर्न सकिनेछ ।

स्मार्टफोनको अलावा सामान्य फोनबाट पनि किबोर्ड प्रयोग गरी यूएसएसडी प्रविधिको माध्यमबाट इन्टरनेट नभएको स्थानमा मोबाइल वित्तीय सेवा सञ्चालन गर्न सकिनेछ । हाल नेपाल टेलिकमको नेटवर्कमा उपलब्ध सो सेवा प्रयोगको लागि ‘स्टार५००ह्यास’ डायल गरी सेवा प्रयोग गर्न सकिनेछ । यस सेवालाई पनि क्रमशः थप विविधीकरण गर्दै लगिनेछ । यसरी खोलिएको खाताबाट पाँच हजार रुपैयाँसम्मको कारोबार गर्न सकिनेछ भने सो सेवालाई क्रमशः थप विविधीकरण गर्दै लगिने कम्पनीले बताएको छ ।

प्रथम चरणको सेवामा नेपाल टेलिकमको मोबाइल टपअप, विद्युत् महसुल तथा खानेपानी महसुल भुक्तानीको सेवाहरू उपलब्ध हुनेछन् । यसैगरी मोबाइल वालेटमा पैसा लोड गर्न नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंकसहित करीब ९ ओटा बैंकहरूको खाता लिंक गरी पैसा लोड गर्न सकिनेछ भने बाँकी बैंकहरूबाट पैसा लोड गर्न क्रमशः व्यवस्था गर्दै लगिने कम्पनीले बताएको छ ।

बैंकहरूसँगै कम्पनीको देशव्यापी एजेण्ट नेटवर्कबाट पैसा लोड गर्ने सुविधा पनि यथाशीघ्र शुरू गरिनेछ । यसका लागि एजेण्ट नेटवर्क तयार गर्ने कार्य भइरहेको छ । कम्पनीले ‘नमस्ते पे वालेट’ छुट्टै मोबाइल वालेट सेवा रहेको भन्दै मोबाइलमा ब्यालेन्सबाटै पैसाको उपयोग गर्न नसकिने बताएको छ । वालेटमा बैंक वा एजेण्ट नेटवर्कमार्फत रकम लोड गरेर मात्र विद्युतीय भुक्तानीको लागि प्रयोग गर्न सकिनेछ ।

सरकारी स्तरबाट पहिलो पटक सञ्चालन हुन लागेको पेमेन्ट गेटवेमा ४० करोड रुपैयाँ चुक्तापूँजी रहेको छ । यसअघि निजीक्षेत्रको लगानीमा सञ्चालित गेटवेको भन्दा नमस्ते पेको चुक्तापूँजी बढी रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x