जनगणना अन्तर्गत आजदेखि घर तथा घरपरिवार सूचीकरण कार्य सुरु
काठमाडौं, ३० भदौ । आजदेखि राष्ट्रिय जनगणनाको पहिलो चरण अर्थात घर तथा घरपरिवार सूचीकरण कार्य सुरु भएको छ। यसअघि कोरोना महामारीका कारण साढे स्थगीत गरिएको जनगणनाको प्रक्रिया सुरु भएको राष्ट्रिय तथ्यांक विभागले जनाएको छ।
नयाँ तालिका अनुसार आज देखि १८ असोजसम्म घर तथा घरपरिवार सूचीकरणको काम हुनेछ। विभागका अनुसार तालिम प्राप्त गरेका ८ हजार ५ सय सुपरिवेक्षक सूचीकरणमा खटिने छन्। सूचीकरणमा घरपरिवारमा बसोबास गर्ने सदस्य महिला, पुरुष र यौनिक तथा लैंगिक अल्पसंख्यकको संख्यासमेत विवरण भरिनेछ।
मूल जनगणना भने ५ कात्तिकदेखि ९ मंसिरसम्म हुनेछ । मूल जनगणनमा ३९ हजार गणकले प्रत्येक घरपरिवारमा मूल प्रश्नावली सोध्ने छन्। यो नेपालको १२ औं जनगणना हो ।