Date

सोम, बैशाख ८, २०८२
Mon, April 21, 2025

तरलता सहज बनाउन २० अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक

तरलता सहज बनाउन २० अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक

काठमाडौं, ३१ भदौ । पछिल्ला दिनमा बैंकिङ प्रणालीमा तरलता अभाव हुन थालेपछि यसलाई सहज बनाउन नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्ने भएको छ । केन्द्रीय बैंकले १४ दिने अवधिको उक्त रकमको रिपो आज (बिहीवार) बोलकबोलमार्फत जारी गर्न लागेको हो ।

उक्त रकमका लागि हुने आज दिउँसो ३ बजेसम्म हुने बोलकबोलमा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनी सहभागी हुन पाउनेछन्, जुन आगामी असोज १४ गते परिपक्व हुनेछ । तरलता सहज बनाउन यसअघि भदौ २३ गते पनि राष्ट्र बैंकले रिपोमार्फत २३ अर्ब रुपैयाँ प्रवाह गरेको थियो ।

कर्जा प्रवाहको तुलनामा निक्षेप संकलनमा कमी आउँदा बैंक तथा वित्तीय संस्थालाई लगानीयोग्य रकमको अभाव देखिन थालेको छ । राष्ट्र बैंकको अनुसार हाल बैंक तथा वित्तीय संस्थाको सीडी रेशियो ८७.७१ प्रतिशत पुगिसकेको छ । चालू आवको मौद्रिक नीतिमार्फत सीसीडी रेशियोको व्यवस्था हटाएर सीडी रेशियो ९० प्रतिशतसम्म कायम गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x