Shangrila

बेष्ट फाइनान्सको २४ औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं, ३१ भदौ । बेष्ट फाइनान्स कम्पनी लिमिटेडको २४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । फाइनान्सले आज भाद्र ३० गते फाइनान्सको केन्द्रीय कार्यालय कमलादी काठमाण्डौमा भर्चुअल माध्यमबाट वार्षिक साधारण सभा सम्पन्न गरेको हो । फाइनान्सको आज सम्पन्न साधारण सभाले आ.व २०७६÷७७ को वित्तीय विवरण पारित गर्नुका साथै संस्थालाई अन्य उपयुक्त वित्तीय संस्थासँग गाभ्ने/गाभिने तथा एक्विजिनस गर्ने कार्य अगाडी बढाउन संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित गरेको जनाइएको छ ।

सभाबाट संस्थापक शेयरधनी तर्फको संचालकमा लक्ष्मी श्रेष्ठ, राम चन्द्र देवकोटा, रामकृष्ण चौलागाई र सुधिर ज्ञवाली तथा सर्वसाधारण शेयरधनी तर्फको संचालकमा राम श्रेष्ठ र खिमलाल पोड्याल नियुक्त भएका छन् ।

कम्पनीको चुक्तापूँजी ८२ करोड ८९ लाख रुपैयाँ रहेको छ । हाल कम्पनीले १४ वटा शाखाबाट वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

 

Laxmi Bank

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *