Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

कर्मचारी सञ्चय कोषको लगानी ४ खर्ब ३६ अर्ब ५४ करोड पुग्यो

कर्मचारी सञ्चय कोषको लगानी ४ खर्ब ३६ अर्ब ५४ करोड पुग्यो

काठमाडौं, ३१ भदौ । कर्मचारी सञ्चय कोषको लगानी ४ खर्ब ३६ अर्ब ५४ करोड रुपैयाँ पुगेको उल्लेख छ । कोषको कूल स्रोत भने ४ खर्ब ४४ अर्ब ४७ करोड रुपैयाँ छ । जगेडा कोष तथा बचतमा ४० अर्ब १६ करोड रुपैयाँ रहेको छ ।

कोष ६० औं वर्ष प्रवेश गरेको अवसरमा आज सार्वजनिक वित्तीय विवरणमा गत आर्थिक वर्ष २०७७–७८ सम्म सञ्चयकर्ताको सञ्चय कोषमा ३ खर्ब ९८ अर्ब ६ करोड रुपैयाँ मौज्दात छ भने निवृत्तभरण कोषमा १ अर्ब ५८ करोड रुपैयाँ छ । दायित्व भने ४ अर्ब ६७ करोड रहेको सञ्चय कोषले जनाएको छ । यस्तै सञ्चय कोषले सञ्चित रकममा ६.५० प्रतिशत ब्याज दिन्छ । कोषले आर्थिक वर्ष २०७६÷७७ को खुद मुनाफाबाट सुरु मौज्दातको आधारमा एक प्रतिशत मुनाफा प्रदान गर्ने घोषणा पनि गरेको छ ।

सञ्चयकर्ताले सञ्चय कोषबाट विशेष सापटी, घर सापटी, शैक्षिक ऋण, सरल कर्जा र घर मर्मत सापटी शीर्षकमा ऋण सुविधा पाउँछन् । सञ्चयकर्ताले सञ्चयकोषमा रहेको रकमको ८० प्रतिशतसम्म विशेष सापटी लिन पाउँछन् । कोषबाट १ हजार ६ सय ७ सञ्चयकर्तालाई २९ करोड ५५ लाख रुपैयाँ विशेष सापटी प्रदान गरिएको जनाइएको छ । यस्तै सञ्चयकर्ता स्वास्थ्योपचार योजना अन्तर्गत १ हजार ६ सय ३३ जना सञ्चयकर्तालाई १३ करोड ८७ लाख रुपैयाँ शोधभर्नासहित कूल ३२ करोड रुपैयाँ भन्दा बढी सामाजिक सुरक्षा सुविधा प्रदान गरिएको जनाइएको छ।

देशको पूर्वाधार विकासमा समेत योगदान पु¥याउने उद्देश्यले आर्थिक वर्ष २०७७–०७८ मा नयाँ ४ आयोजनामा ३ अर्ब ४८ करोड कर्जा स्वीकृत भएको कोषले जनाएको छ। कर्मचारी सञ्चय कोषले जलिविद्युत आयोजनामा लगानी बढाउँदै लिएको छ। नेपाल एयरलाइन्सको वाइडबडी जहाज खरिद गर्दा ऋण लगानी गरेको कोषले अन्य ठूला र राष्ट्रिय आवश्यकताका आयोजनामा लगानी बढाउँदै जाने घोषणा गरेको छ।

पछिल्लो समय निजी क्षेत्रका कर्मचारीलाई प्रवेश रोक लगाइएपनि यसअघि निजीसमेत गरी २९ हजार २ सय कार्यालयका कर्मचारी सञ्चय कोष आवद्ध छन्। त्यस्तै निवृत्तभरण कोषमा भने ९ सय ६४ कार्यालय सूचीकृत भएका छन्।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x