Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

उद्योग संगठन मोरङको स्टार्टअप एण्ड इनोभेशन कार्यक्रम अन्तर्गत मेन्टर्स मिट सम्पन्न

उद्योग संगठन मोरङको स्टार्टअप एण्ड इनोभेशन कार्यक्रम अन्तर्गत मेन्टर्स मिट सम्पन्न

काठमाडौं, ३१ भदौ । उद्योग संगठन मोरङले सुरु गरेको स्र्टाटअप एण्ड ईनोभेशन कार्यक्रम अन्तर्गत स्टार्टअपहरुलाई व्यवसायीक योजना तर्जुमा, व्यवसाय दर्ता, कानुनी, प्रशासनीक, प्राविधिक, गुणस्तर मापदण्ड, बजारीकरण, मावनश्रोत व्यवस्थापन, वित्तिय व्यवस्थापन, बजारीकरण, लगायतका बिषयहरुमा मेन्टरसिप सेवा प्रदान गर्न छनोट भएकाहरुलाई दुई दिने मेन्टरर्स मिटको आयोजना गरेको छ ।

संगठनका अध्यक्ष सुयश प्याकुरेलले नविन सोच र आइडियालाई व्यवसायीक विकास रुपान्तरणमा सहयोग पु¥याउनु सबैको दायित्व भएको वताए । उनले विकसीत मुलुकहरुमा स–सानो लगानीबाट प्रारम्भ भएका स्टार्टअपहरुले विश्वभर आफनो व्यवसाय विस्तार गरेको उदाहरण दिदै स्र्टाटअपहरुको व्यवसायीक विकास र प्रवद्र्धनमा सबैको अग्रसरताका लागि अनुरोध गरे ।

स्टार्टअप समितिका संयोजक सुरेन्द्र गोल्छाले संगठनले प्रारम्भ गरेको स्टार्टअप तथा इनोभेशन कार्यक्रमले व्यवसायीक सेवाहरुको इकोसिष्टमको विकास गर्न एउटा सफल प्रणालीको विकास गर्ने विश्वास व्यक्त गरे । उनले व्यवसायीक विकासका लागि संगठनबाट छनौट हुने स्टार्टअपहरुमा लगानीको व्यवस्थापन गर्न भेन्चर क्यापिटल, एन्जेल क्यापिटल लगायतका लगानीकर्ताहरुका साथ सहजीकरण र समन्वय गर्नुका साथै स्टार्टअपको आवश्यकता अनुसार नमुना उत्पादन, प्रयोगशाला परिक्षण तथा अनुसन्धानका लागी साझेदार संस्थाहरु मार्फत सेवा उपलब्ध गराउने वताए ।

समितिका सह–संयोजक विजु थपलियाले मेन्टरर्स र स्टार्टअप व्यवसायीहरुको सम्वन्ध विस्तार गरी व्यवसायीक विकास र हितमा उपयोग गर्न दुई दिने मेन्टर्स मिटले सहयोग पु¥याउने बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x