आईएमईका दसैँ अफर आयो

काठमाडौं, १ असोज । आइएमई लिमिटेडले दसैँ अफर ल्याएको छ। कम्पनीले ‘डबलको डबलको डबल’ अफर असोज १ देखि कार्तिक २६ गतेसम्म लागू हुनेगरी ५७ दिनका लागि उक्त अफर ल्याइएको हो ।

अफरमा विदेशबाट पठाइएको रकम आईएमईका ३५ हजारभन्दा बढी एजेन्टहरु वा आइएमई पे मोबाइल वालेटमा प्राप्त गर्दा वा बैंक ट्रान्सफर गर्दा हरेक हप्ता २ जनालाई पठाएको रकमको डबल, हरेक महिना दुई २ जना भाग्यशाली सेवाग्राहीहरुलाई पठाएको रकमको डबलको डबल तथा बम्परमा १ जना भाग्यशाली सेवाग्राहीलाई पठाएको रकमको डबलको डबलको डबलसम्म रकम पुरस्कार स्वरूप प्रदान गरिने कम्पनीले जानकारी दिएको छ।

त्यसैगरी आइएमई पे मा रकम प्राप्त गर्दा २०० रुपैयाँ थप बोनस पाइने छ। अफर अवधिमा भाग्यशाली विजेता छनौटका लागि कम्पनीले निश्चित सेवा र शर्तहरू निर्धारण गरेको छ । सेवा र शर्त अनुसार भाग्यशाली विजेताको छनौट प्रविधिमा आधारित ‘लक्की ड्र’ मार्फत गरिनेछ । आइएमईका संस्थापक, आइएमई ग्रुपमा कार्यरत कर्मचारीहरू, आइएमईका व्यवसायीक साझेदार एजेन्ट पार्टनर तथा आइएमई सम्बद्ध कुनै पनि व्यक्ति यो योजनामा सहभागी हुन पाउने छैनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *