एलपी ग्यास उद्योग संघमा मल्लीको नेतृत्वमा नयाँ कार्यसमिति चयन
काठमाडौं, १ असोज । नेपाल एलपी ग्यास उद्योग संघको अध्यक्षमा कुशप्रसाद मल्ली निर्विरोध निर्वाचिन भएका छन् । यसअघि उनी संघको उपाध्यक्ष थिए ।
संघको उपाध्यक्षमा दिवान चन्द र मनोजकुमार दास, महासचिवमा कृष्णभक्त श्रेष्ठ निर्वाचित चयन भएको संघले जनाएको छ । कोषाध्यक्षमा धर्मराज बर्तौला र सचिवमा आशिष जाजोदिया निर्विरोध निर्वाचित भएका छन् । संघको विशिष्ठ सदस्यमा राजेन्द्र डल्लाकोटी र वरिष्ठ उपाध्यक्षमा शंकर श्रेष्ठ निर्विरोध भएका छन्
सदस्यमा लोकहर्ष शाक्य, बाबुराम पोख्रेल, सुनिल सिन्हा, मनोज बुढाथोकी, अच्युत नेपाल, युवक राजभण्डारी, सुदीप घिमिरे, राजकुमार सिन्धी चयन भएका छन् ।