Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

निजगढ विमानस्थलको गुरुयोजना निर्माण ५० प्रतिशत सम्पन्न

निजगढ विमानस्थलको गुरुयोजना निर्माण ५० प्रतिशत सम्पन्न

काठमाडौं, ३ असोज । बहुप्रतीक्षित निगजढ अन्तर्राष्ट्रिय विमानस्थलको गुरुयोजना निर्माणको काम ५० प्रतिशत सम्पन्न भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्षको प्रगति प्रतिवेदनले सो विमानस्थलको गुरुयोजना निर्माणको काम आधा सकिएको देखाएको हो ।

उक्त आयोजनामा प्राधिकरणले गर्नुपर्ने प्राथमिक तयारीका कार्यहरु विमानस्थल क्षेत्रमा तारवार गर्ने, ६६ विगाह निजी जग्गा अधिग्रहण गर्ने, वातावरणीय प्रभाव मूल्यांकन गर्ने, बकाहा र पसाहा खोलामा ४ हजार मिटर नदी नियन्त्रणको कार्य सम्पन्न गरेको छ । विमानस्थल क्षेत्रमा रहेका सुकुम्बासी बस्तीको घर जग्गाको लगत लिई तिनको व्यवस्थापनको लागि भूमि सुधार तथा व्यवस्था मन्त्रालय मार्फत कारवाही अघि बढाइएको प्रतिवेदनमा उल्लेख छ ।

विमानस्थल क्षेत्रमा रहेका रुख विरुवाहरुको गणना गरी छपान गर्ने कार्य प्रदेश बन डिभिजन कार्यालयबाट भइरहेको प्राधिकरणले बताएको छ ।

नेपाल सरकारले विमानस्थल विदेशी लगानीमा निर्माण गर्ने निर्णय गरेकोले नेपाल लगानी बोर्डबाट स्वीट्जरल्याण्डको जुरिक एयरपोर्ट इन्टरनेशनललाई छनोट गरी विस्तृत प्रस्ताव माग गरेकोमा कोभिड १९ को प्रतिकूल अवस्था तथा अन्य विविध शर्त राखेकाले यो प्रक्रिया अवरुद्ध भएको छ । विमानस्थल क्षेत्रमा प्राधिकरणले प्रारम्भिक कार्य गरे तापनि सबैभन्दा प्रमुख विषय विमानस्थल निर्माणका लागि आर्थिक स्रोत जुटाउनु रहेकाले नेपाल सरकारले विदेशी लगानीमा निर्माण गर्ने नीति लिएको हुँदा इच्छुक उपयुक्त लगानीकर्ता आएपछि मात्र यस आयोजनाले गति लिने देखिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x