Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

स्वास्थ्य बीमा कार्यक्रम ७५ जिल्लामा संचालित, काठमाडौं र ललितपुरमा सुरु गर्ने तयारी

स्वास्थ्य बीमा कार्यक्रम ७५ जिल्लामा संचालित, काठमाडौं र ललितपुरमा सुरु गर्ने तयारी

काठमाडौं, ३ असोज । स्वास्थ्य बीमा बोर्डले काठमाडौं र ललितपुरमा पनि बीमा कार्यक्रम संचालन गर्ने तयारी थालेको छ । कोरोना संक्रमणका कारण यी दुई जिल्लामा लक्ष्य अनुरुप कार्यक्रम संचालन गर्न नसकेको कार्यकारी निर्देशक डा. दामोदर बसौलाले जानकारी दिए ।

हाल यो कार्यक्रममा ७५ जिल्लामा संचालित छ । बीमामा ४५ लाख नागरिक आवद्ध भइसकेका छन् । चालू आर्थिक वर्षमा ५० प्रतिशत घरपरिवारलाई बीमामा आवद्ध गर्ने बोर्डको योजना छ ।

तर आवश्यक संरचना र जनशक्ति अभावका कारण स्वास्थ्य बीमा कार्यक्रम राम्ररी सञ्चालन गर्न नसकिएको उनले बताए । यो योजनामा सहभागी हुने ५ जना सदस्य रहेका परिवारले बार्षिक ३ हजार ५०० रुपैयाँ तिरेर १ लाख रुपैयाँसम्मको औषधि उपचार प्राप्त गर्न सक्नेछन् ।

गत आर्थिक वर्षको अन्तसम्ममा स्वास्थ्य बीमा वापतको योगदान रकम ६ अर्ब ५४ करोड रुपैयाँ संकलन र ४ अर्ब ८२ करोड रुपैयाँ विभिन्न स्वास्थ्य संस्थाहरुलाई भुक्तानी दिईएको बोर्डले जनाएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x