Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

राट्र बैंकले आज ११ अर्ब ८३ करोड बराबरको ट्रेजरी बिल विक्री गर्ने

राट्र बैंकले आज ११ अर्ब ८३ करोड बराबरको ट्रेजरी बिल विक्री गर्ने

काठमाडौं, ४ असोज । नेपाल राष्ट्र बैंकले आज (सोमबार) ११ अर्ब ८३ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकका अनुसार बोलकबोल प्रक्रियाबाट उक्त ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।

केन्द्रीय बैंकले बिक्री गर्न लागेको ट्रेजरी बिल नवीकरण प्रयोजनका लागि हो । बैंकले ५ अर्ब ५३ करोड बराबरको ट्रेजरी बिल ९१ दिनका लागि रहेको छ । उक्त बिल आगामी पुस ६ गते परिपक्व हुनेछ । यस्तै ४ अर्ब ३० करोड बराबरको ट्रेजरी बिल १८२ दिनका लागि बिक्री गर्न लागिएको हो । उक्त बिल आगामी चेत ८ गते परिपक्व हुनेछ ।

केन्द्रीय बैंकले २ अर्ब बराबरको ट्रेजरी बिल ३६४ दिनका लागि बिक्री गर्न लागेको छ । सो बिल विसं २०७९ असोज ४ गते परिपक्व हुनेछ । केन्द्रीय बैंकले यसअघि भदौ २८ गते टे«जरी बिल बिक्री गरेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x