बुद्धभूमि नेपालले असोज ११ देखि सर्वसाधारणलाई शेयर जारी गर्ने

नुवाकोट, ३ असोज । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीले असोज ११ देखि सर्वसाधारणलाई शेयर जारी गर्ने भएको छ। कम्पनीले ८ लाख कित्ता शेयर जारी गर्न लागेको हो। यसमध्ये ४० हजार कित्ता सामूहिक लगानी कोषका लागि र १६ हजार कित्ता कर्मचारीलाई छुट्याइएको छ । बाँकी रहेको ७ लाख ४४ हजार कित्ता सर्वसाधारणले खरीद गर्न पाउने छन्।

कम्पनीको शेयरमा न्यूनतम १० लाख कित्ताका लागि आवेदन दिनु पर्ने छ । असोज १४ सम्म आवेदन दिने समय रहेको छ । कम्पनीले विकास गरिरहेको आयोजनाको जडित क्षमता ४.९९ मेगावाट रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *