Date

आइत, मंसिर २३, २०८१
Sun, December 8, 2024

मंगलबार तिब्र उतारचढावका बीच शेयर बजार १३ अंक बढेर बन्द

मंगलबार तिब्र उतारचढावका बीच शेयर बजार १३ अंक बढेर बन्द

काठमाडौं, ५ असोज । मंगलबार नेप्से परिसूचक १३.८३ अंक बढेर बन्द भएको छ । लगातार उच्च अंकले ओरालो लागेको बजार मंगलबार ०.५१ प्रतिशत वृद्धि भएर २७१२.०७ विन्दुमा रोकिएको हो ।

आज २२३ कम्पनीको १ करोड ५३ लाख ६ हजार कित्ता शेयर ७ अर्ब ३६ करोड ४७ लाख रुपैयाँमा खरिद विक्री भएको छ । आज सर्वाधिक परिसूचक वृद्धि हुनेमा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेड नै रहेको छ । यो कम्पनीको हिजो पनि ९.९९ प्रतिशतले नै शेयर मूल्य वृद्धि भएको थियो । आज पनि यो कम्पनीको शेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएर १ हजार ८८ रुपैयाँ ७० पैसा कायम भएको छ । निफ्राले ८.५ प्रतिशत नगत लाभांश घोषणा गरेसँगै यो कम्पनीको शेयर मूल्य ४.६६ प्रतशितले वृद्धि भएर ३८२ रुपैयाँ कायम भएको छ ।

त्यस्तै आज कारोबारमा आएका १३ समूहमध्ये ४ वटा समूहको परिसूचक घटेको छ भने बाँकी समूहको परिसूचक वृद्धि भएको छ । परिसूचक घट्नेमा उद्योग समूह १.६१ प्रतिशत, फाइनान्स समूह ०.७६ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ०.२९ प्रतिशत र म्युचुअल फण्ड समूह १.३७ प्रतिशत रहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x