सिटिजन्स बैंकले शेयरधनीलाई १६ प्रतिशत लाभांश दिने
काठमाडौं, ९ असोज । सिटिजन्स बैंकले शेयरधनीलाई १६ प्रतिशत लाभांश दिने भएको छ । बैंकको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७–७८ को नाफाबाट शेयरधनीलाई १२.९१ प्रतिशत बोनस तथा ३.०८ प्रतिशत नगद लाभाशं दिने घोषण गरेको छ ।
उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनी महानुभावहरुलाई प्रस्तावित लाभांश वितरण गरिने छ ।