Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

इजरायल रोजगारीमा जान १६ सय छानिए

इजरायल रोजगारीमा जान १६ सय छानिए

काठमाडौं, १० असोज । वैदेशिक रोजगार विभागले इजरायलमा केयर गिभरमा जान इच्छुक श्रमिकमध्ये १६ सय जना सिफारिस गरेको छ। विभागले असोज ४ गतेदेखि ९ गतेसम्म लिएको अन्तर्वार्ताबाट १६ सय जना छनोट गरी दूतावासमा बुझाएको हो।

अन्तर्वार्तामा १८ सय ३ जना सहभागी थिए। तीमध्ये ११ सय २० जना महिला र ४८० जना पुरुष सिफारिस भएका हुन्। नेपाली दूतावासमार्फत पपुलेसन इमिग्रेसन एण्ड बोर्डर अथोरोटी अफ इजरायल (पिआइबिए) ले एक हजार जना कामदार छनोट गर्नेछ।

गत साउन १२ गते प्रकाशित गरिएको मागअनुसार ९ हजार ६९९ जनाले आवेदन दिएका थिए। पहिलो चरणको भाषा परीक्षमा ६ हजार ३१७ जनामध्ये २ हजार ३९ जना पास भएका थिए। सिफारिसमा परेकालाई इजरायलले कम्प्युटर प्रणालीमार्फत ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष छनोट गर्नेछ। इजरायल जाने श्रमिकले हप्तामा ४२ घण्टा काम गर्नुपर्ने हुन्छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x