Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

२ खर्ब ७९ अर्ब नाघ्यो जीवन बीमा कम्पनीहरूको दीर्घकालीन कर्जा तथा लगानी

२ खर्ब ७९ अर्ब नाघ्यो जीवन बीमा कम्पनीहरूको दीर्घकालीन कर्जा तथा लगानी

काठमाडौं, १० असोज । जीवन बीमा कम्पनीहरूको दीर्घकालीन कर्जा तथा लगानी २ खर्ब ७९ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ । बीमा समितिले सार्वजनिक गरेको गत आर्थिक वर्षको प्रतिवेदनका अनुसार सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीहरूको दीर्घकालीन कर्जा तथा लगानी कुल २ खर्ब ७९ अर्ब ६५ करोड ४६ रुपैयाँ पुगेको हो । सोही अवधिमा कम्पनीहरूको अल्पकालीन कर्जा तथा लगानी भने १ खर्ब ४० करोड ३५ करोड रुपैयाँ रहेको छ ।

गत आर्थिक वर्षमा कम्पनीहरूले ३४ अर्ब ८९ करोडभन्दा बढी दाबी भुक्तानी गरेका छन् । बीमा समितिको तथ्यांक अनुसार सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीहरूले सो अवधिमा कुल ३४ अर्ब ८९ करोड १ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेका हुन् ।

गत आर्थिक वर्षमा कम्पनीहरूको भुक्तानी हुन बाँकी दाबी बापतको व्यवस्थामा ४ अर्ब ७४ करोड ६२ लाख रुपैयाँ रहेको छ भने असमाप्त जोखिम बापतको व्यवस्थामा २ अर्ब ९० करोड रुपैयाँ रहेको छ ।

सो अवधिमा कम्पनीहरूको चुक्तापूँजी ३८ अर्ब ९० करोड नाघेको छ । यस्तै जगेडा कोषमा १५ अर्ब ४० करोड रुपैयाँ रहेको छ भने जीवन बीमा कोषमा ३ खर्ब ८१ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ । उक्त अवधिसम्ममा कम्पनीहरूको दीर्घकालीन कर्जा तथा लगानी २ खर्ब ७९ अर्ब ६५ करोड रुपैयाँ पुगेको समितिको प्रतिवेदनमा उल्लेख छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x