Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

लघुवित्तको ब्याजदर नघटेसम्म गरिब जनताको जीवनस्तर उकासिँदैन : अर्थमन्त्री शर्मा

लघुवित्तको ब्याजदर नघटेसम्म गरिब जनताको जीवनस्तर उकासिँदैन : अर्थमन्त्री शर्मा


असोज १८, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले लघुवित्त कम्पनीहरूको ब्याजदर नघटेसम्म गरिब जनताको जीवनस्तर सुधार नहुने बताएका छन् । आइतवार माइक्रो फाइनान्स एशोसिएशन अफ नेपालको प्रतिनिधिमण्डलको मागपत्र बुझ्दै अर्थमन्त्री शर्माले यस्तो धारणा राखेका हुन् ।

कर्जा प्रवाहमा हाल विद्यमान ब्याजदर घटाउन लघुवित्त अर्थमन्त्री शर्माले सम्बद्ध कम्पनीहरूलाई आग्रह गरेका छन् । ग्रामीणस्तरसम्म पहुँच रहेका लघुवित्त कम्पनीले कर्जा प्रवाहमा ब्याजदर घटाउनुपर्ने उनको भनाइ छ ।

उक्त अवसरमा अर्थमन्त्री शर्माले लघुवित्त कम्पनीहरूले लागू गरेको ब्याजदर कम गर्न सरकारको तर्फबाट गर्नुपर्ने सहयोगका लागि आफू तयार रहेको आश्वासन दिएका छन् । यसका लागि कार्ययोजना प्रस्ताव बनाएर ल्याउन समेत उनले प्रतिनिधिमण्डललाई आग्रह गरेका छन् ।

वाणिज्य बैंकहरूबाट ऋण लिएर लघुवित्त सञ्चालन हुने गरेकोले त्यसमा लाग्ने ब्याजदरमा नघटेसम्म लघुवित्तहरुको ब्याज घटाउन सम्भव नहुने प्रतिनिधिमण्डलले बताएको छ । वाणिज्य बैंकहरूको ब्याजदरभन्दा लघुवित्तले २ प्रतिशत मात्र थपेर ऋण परिचालन गरेको प्रतिनिधिहरूको भनाइ थियो । राज्यले पूर्वाधार, ऊर्जा र कृषिको क्षेत्रमा जस्तै लघुवित्त कोष पनि खडा गनुपर्ने माग समेत उनीहरूको छ । २०६४ सालको लघुवित्त नीतिले विद्यमान समस्या सम्बोधन गर्न नसक्ने भन्दै उनीहरूले यससम्बन्धी नयाँ नीति ल्याउन सरकारसँग आग्रह गरेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x