Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

सनराइज बैंकको १४ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम

सनराइज बैंकको १४ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम

कठमाडौं, १८ असोज । सनराइज बैंकले आफ्नो १४औं वार्षिक उत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । सहयात्रा जीबन सुरक्षाको लागि भन्ने नाराको साथ आश्विन १५, २०७८ मा बैंकले सातै प्रदेशमा रक्तदान कार्यक्रम गरेको छ । बैंकले आयोजना गरेको सो कार्यक्रममा २५५ जनाले रक्तदान गरेका छन् । आउँदै गरेको महान चाँड दशैंमा मानिसहरु किनमेल, भ्रमण आदिमा व्यस्त रहने र उक्त समयमा हुन सक्ने रगत अभावलाइ परिपूर्ति गर्न यस रक्तदान कार्यक्रमले मद्दत पु¥याउने बैंकको विश्वास छ ।

दशैं र बैंकको १४औं वार्षिकउत्सवको अवसरमा सर्वाधिक १०.०७ प्रतिशत ब्याज प्रदान गर्दै आएको यस बैंकले वातावरण, स्वास्थ्य, सरसफाई, आदि क्षेत्रमा यस महिना भर विभिन्न कार्यक्रम गरी सहयोग पु¥याउने योजना रहेको जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x