Date

आइत, कार्तिक २, २०८२
Sun, October 19, 2025

माछापुच्छ्रे बैंक २२औं वर्षमा प्रवेश

माछापुच्छ्रे बैंक २२औं वर्षमा प्रवेश

काठमाडौं, १८ असोज । माछापुच्छ्रे बैंक लिमिटेड २१ वर्ष पूरा गरी २२ औं वर्षमा प्रवेश गरेको छ। सोही अवसरमा बैंकले एक कार्यक्रमबीच २० वर्षभन्दा बढी निरन्तर सेवामा कार्यरत कर्मचारीहरुलाई सम्मान गरेको छ।

यस अघि नै बैंकले वार्षिकोत्सवको उपलक्ष्यमा ल्याएको १० दिने क्यासब्याक अफरको आज अन्तिम दिन रहेको छ, जस अन्तर्गत ग्राहकहरुले डेबिट वा क्रेडिट कार्डबाट पिओएस वा इ(कमर्स साइटमा कार्डबाट कम्तिमा ३ वटा कारोबार गरी दैनिक २ सय १० रुपैयाँसम्म र अफर अवधिभर अधिकतम २१ सयसम्मको क्यासब्याक पाउन सक्नेछन्।

डेबिट र क्रेडिट कार्ड बाहेक बैंकको मोबाईल बैंकिङबाट अफर अवधि भर कुनै पनि कारोबार गर्ने ग्राहकहरु मध्येबाट एक जनाले मेगा बम्पर उपहार स्वरुप फोनपेको तर्फबाट सामसुङ ग्यालेक्सी एस २१ फोन प्राप्त गर्न सक्नेछन्।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *