साहस ऊर्जाको शेयर रजिस्ट्रारमा एनआईबिएल एस क्यापिटल

काठमाडौं, १८ असोज । साहस ऊर्जा लिमिटेडले आफ्ना शेयरधनीहरुको शेयर दाखिल खारेज लगायतको शेयर सम्बन्धित सबै कामगर्न एनआईबिएल एस क्यापिटल लिमिटेडलाई शेयर रजिष्ट्रार नियुक्त गरेको छ । असोज १७ गते आइतबार साहस ऊर्जा लिमिटेडर एनआईबिएल एस क्यापिटललिमिटेडविच शेयर रजिष्ट्रार नियुक्ति गर्ने सम्बन्धी सम्झौता भएको र सोही मितिबाट उक्त सम्झौता लागू भएको कम्पनीले बताएको छ । साहस ऊर्जा लिमिटेड २०७० माघ १९ गते प्राइभेट लिमिटेड कम्पनीको रूपमा स्थापित भई २०७१ भाद्र २९ मा पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *