Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

थपलियालाई विद्यावारिधि उपाधि

थपलियालाई विद्यावारिधि उपाधि

काठमाडौं, १८ असोज । नेपाल उद्योग वाणिज्य महासंघको पूर्वकार्यकारी समिति सदस्य एवम् ठमेल पर्यटन विकास परिषद् (टीटीडीसी)का पूर्वअध्यक्ष रामशरण थपलियाले त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि (पीएचडी) उपाधि हासिल गरेका छन् ।

थपलियाले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्र अन्तर्गत “द रोल अफ नेपाली पोलिटिकल पार्टीज इन डेमोक्रयासि विल्डिङ” विषयमा विद्यावारिधि (पीएचडी) उपाधि हासिल गरेका हुन् । उनले प्रस्तुत गरेको शोध प्रबन्धलाई त्रिभुवन विश्वविद्यालयको रिसर्च कमिटीले आइतबार स्वीकार गरेको हो ।

सो अवसरमा उनले पर्यवेक्षक प्रा.डा. रवीन्द्र खनाल, सह–पर्यवेक्षक प्रा. डा. गेहेन्द्रलाल मल्ल, रेक्टर प्रा.डा. शिवलाल भुसाल, डिन प्रा.डा. कुसुम शाक्य लगायत अनुसन्धानमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैलाई विशेष धन्यवाद व्यक्त गरे ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x