Date

शनि, बैशाख २२, २०८१
Sat, May 4, 2024

आज पुनः २० अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक

आज पुनः २० अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक

काठमाडौं, २० असोज । बैंकिङ प्रणालीमा देखिएको तरलता सहज बनाउने उपायस्वरूप नेपाल राष्ट्र बैंकले आज (बुधवार) पुनः २० अर्बको रिपो जारी गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम नहुँदा यति बेला कर्जा प्रवाहमा सकस भइरहेको छ । स्रोत जुटाउन बैंकहरूले निक्षेपमा ब्याजदर बढाए पनि यो खासै प्रभावकारी देखिएको छैन ।

बैंकिङ प्रणालीमा तरला व्यवस्थापनका लागि अल्पकालीन उपकरणको रूपमा यसअघि पाँचपटक रिपो जारी गरिसेको केन्द्रीय बैंकले यसपटक सातदिने अवधिको रिपो बोलकबोलमार्फत निष्कासन गर्न लागेको हो । यसका लागि सम्बद्ध बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ः१५ बजेसम्म अनलाइनमार्फत बोल लगाउन सक्ने राष्ट्र बैंक वित्त व्यवस्थापन विभागले जानकारी दिएको छ । १४ दिने अवधिको सो रिपो आगामी कात्तिक ३ गते परिपक्व हुनेछ ।

सरकारी खर्च बढ्न नसक्नु, रेमिट्यान्स आयमा भएको संकुचन, राजस्व परिचालनमा सुस्ती एवं कर्जा माग अनुपातमा निक्षेप बढ्न नसक्दा यतिबेला बैंकिङ प्रणालीमा तरलता अभाव संकटकै रूपमा देखापरेको छ । अधिकांश बैंकहरूको सीडी रेशियो तोकिएको सीमा (९० प्रतिशत)मा पुगिसकेको छ । राष्ट्र बैंकले यसपटकको मौद्रिक नीतिमार्फत सीसीडी रेशियोको व्यवस्था हटाएर सीडी रेशियो लागू गरेको छ । यसले सीडीडीको तुलनामा बैंकहरूको कर्जा प्रवाह गर्ने क्षमता घटेको बैंक विज्ञ एवं बैंकरहरूले बताएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x