सांग्रिला डेभलपमेन्ट बैंकले १० प्रतिशत बोनस शेयर दिने

काठमाडौं, २० असोज । सांग्रिला डेभलपमेन्ट बैंकले १० प्रतिशत बोनस शेयर दिने भएको छ । बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र त्यसमा लाग्ने करको लागि ०.५२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

१० प्रतिशत बोनस सेयर दिएपछि चुक्ता पूँजी ३ अर्ब रुपैयाँ पुग्नेछ । हाल बैंकको चुक्ता पूँजी २ अर्ब ७३ करोड रुपैयाँ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *