शेयर बजारमा हरियाली, नप्से परिसूचक ६८ अंकले बढ्यो
काठमाडौं, २० असोज । बुधबार नेप्से परिसूचक ६८.४७ अंकले वृद्धि भएर बन्द भएको छ । केही दिन यता लगातार घटेको बजार मंगलबार देखि उकालो लाग्न थालेको छ । हिजो ४१ अंकले बढेको बजार आज ६८.४७ अंकले बढेर २६८१.१० विन्दुमा रोकिएको हो ।
आज २२७ धितोपत्रको ८२ लाख ८९ हजार कित्ता ४ अर्ब ५० करोड रुपैयाँमा खरिद विक्री भएको छ । सर्वाधिक मूल्यको शेयर खरिद विक्री सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको भएको छ । यो कम्पनीको २३ करोड ४ लाख रुपैयाँको शेयर खरिद विक्री भएको छ ।
त्यस्तै १२ वटा धितोपत्रहरुको मूल्य १० प्रतिशतले वृद्धि भएको छ । ९ प्रतिशतभन्दा बढीले मूल्य बढ्ने धितोपत्रहरु ७ वटा रहेका छन् । कारोबारमा आएका १३ वटै समूहको परिसूचक वृद्धि भएको छ ।