Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

साधना लघुवित्तको ९३औं शाखा नागार्जुन–१ रानीवनमा

साधना लघुवित्तको ९३औं शाखा नागार्जुन–१ रानीवनमा

काठमाडौं, २४ असोज । साधना लघुवित्त वित्तीय संस्थाले आप्mनो ९३औं शाखा काठमाडौं उपत्यककाको नागार्जुन नगरपालिका वडा नं. ०१, रानीवन प्लानिङ्गमा सञ्चालनमा ल्याएको छ । नयाँ शाखा शनिबार नेपाल राष्ट्र बैंक सञ्चालक समितिका सदस्य रामजी रेग्मीले सो शाखाको उद्घाटन गरे ।

नयाँ शाखा संचालनमा आएसँगै वित्तीय संस्थाले काठमाडौं उपत्यककाबाट पनि आप्mनो वित्तीय सेवा प्रदान गर्ने भएको छ । वित्तीय संस्थाले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशत बराबरको बोनस शेयर र कर प्रयोजनको लागि १.३२ प्रतिशत गरी जम्मा २६.३३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न आउँदो कात्तिक १३ गते पाँचौ वार्षिक साधारणसभा समेत डाकेको छ ।

राष्ट्रिय स्तरको यस साधना लघुवित्तले यसै वर्ष १४ वटा शाखा संचालानमा ल्याएको छ । देशैभर शाखा सञ्जाल, दक्ष वित्तीय व्यवस्थापन समूह दक्ष कर्मचारीहरुमार्फत वित्तीय सेवा प्रदान गरिरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x