Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

आज अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस

आज अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस

काठमाडौं, ३१ असोज । आज अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस । चरम गरिबीविरुद्ध एकजुट भएर लड्न तथा गरिबीसम्बन्धी जानकारी विश्वभर आदानप्रदान गर्ने उद्देश्यले संसारभर यो दिवस मनाइन्छ ।

सन् १९९३ देखि हरेक वर्ष अक्टोबर १७ का दिनलाई अन्तर्राष्ट्रिय गरिबी निवारण दिवसको रुपमा मनाइँदै आइएको छ। नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो कार्यक्रम मनाईदैछ ।

उसो त गरिबी निवारणका लागि नेपाल सरकारले पनि थुप्रै कार्यक्रमहरू संचालन गरेको छ । सरकारले सन् २०२२ सम्ममा नेपाललाई अतिकम विकसित मुलुकको सूचीबाट विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने लक्ष्यसमेत राखेको छ । सन् १९९६ मा नेपालको करिब ४२ प्रतिशत जनता गरिब थियो । तर सन् २०१९ सम्म आईपुग्दा १८.७ प्रतिशतमा झरेको देखिन्छ । तर, कोरोना संक्रमण तथा त्यसपछि श्रृवित आर्थिक समस्याका कारण गरिबी दर धेरै नघट्ने प्रक्षेपण गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x