Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

एनआरएनएको वर्तमान कार्यसमितिको कार्यकाल ६ महिना थपियो

एनआरएनएको वर्तमान कार्यसमितिको कार्यकाल ६ महिना थपियो

काठमाडौं, ३१ असोज । गैर आवासीय नेपाली संघ (एनआरएनए) को कार्यसमितिको कार्यकाल ६ महिना थप गरिएको छ। शनिबार राती बसेको संघको बैठकले विधानको धारा १३ को उपधारा २ अनुसार वर्तमान कार्यसमितिको कार्यकाल ६ महिना थप्ने निर्णय गरेको हो ।

प्रवक्ता डीबी क्षेत्रीका अनुसार बैठकमा अध्यक्ष कुमार पन्तले परराष्ट्र मन्त्रालयको पत्रकै कारण १० औं महाधिवेशन समयमै गर्न नसकिएको जानकारी गराएका थिए । मन्त्रालयकै कारण वर्तमान कार्यसमितिले आफ्नो म्याद थप्न बाध्य भएको भन्दै आगामी नोभेम्बर ३० भित्र संघको निर्वाचन गर्ने प्रतिवद्धता जनाएका छन् ।

यस्तै बैठकले महाधिवेशन प्रतिनिधिका विषयमा आएका गुनासा सम्बोधन गर्न संघका पूर्वअध्यक्षसँगको परामर्शमा एक स्वतन्त्र समिति गठन गर्ने निर्णय गरेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x