Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

सिटी एक्सप्रेस मार्फत पैसा पठाउने ५ बिजेता घोषणा

सिटी एक्सप्रेस मार्फत पैसा पठाउने ५ बिजेता घोषणा

काठमाडौं, ३ कात्तिक । सिटी एक्सप्रेस मनी ट्रान्सफरले “सिटी आयो लखपति बनायो” योजना अन्तर्गत पहिलो महिनाको पाँच भाग्यशाली बिजेताको नाम घोषणा गरेको छ । यस योजना अन्तर्गत ५ जनाले जनही १ लाख रुपैयाँ जित्न सफल भएको सिटी एक्सप्रेसले जानकारी दिएको छ ।

कम्पनीले विद्युतिय प्रणालीद्वारा विजेता छनौट गर्दा जापानबाट रेमिट्यान्स पठाउने अन्जु घले , साउदीबाट यमलाल भुसाल, कुवेतबाट मीन कुमार श्रेष्ठ र जानुका चौलागाइँ साथै अन्तिममा दुबईबाट रेमिट्यान्स पठाउने उमेश यादव गरी ५ जना लखपति बन्न सफल भएका छन् ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले समस्त नेपालीहरुको महान चाड २०७८ सालको दशैँ, तिहार र छठलाई लक्षित गर्दै आफ्ना ग्राहकवर्गहरुसंग पर्वको खुशी साट्न लगातार ६१ दिन सम्म चल्ने “सिटी आयो लखपति बनायो ” उपहार योजना गत भदौ ३१ गते घोषणा गरेको थियो ।

सिटी एक्सप्रेसको यो उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत ६१ दिन लगातार हरेक दिन १ जना विजेतालाई १० हजार रुपैयाँ उपहार प्रदान गरिने छ भने हरेक महिना ५ जनालाई १ – १ लाख रुपैयाँ गरी २ महिना सम्म १० जना लखपति बन्ने योजनामा रहेको छ । कम्पनीका अनुसार यो योजना कात्तिक ३० गते सम्म लागू हुनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x