नेपाल बैंकद्वारा रामेछापाको खिम्तीमा डिजिटल बैंकिङ वित्तीय साक्षरता सम्पन्न
काठमाडौं, ३ कात्तिक । नेपाल बैंकले रामेछापको लिखुतामाकोसी गाउँपालिका– ६ को तामाकोसी जनजागृति मावि खिम्तीमा डिजिटल बैंकिङ वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी, रामेछापका प्रमुख जिल्ला अधिकारी दीपक पहाडी, रामेछापका प्रहरी प्रमुख नवराज ढुंगाना, लिखुतामाकोसी पालिका उप–प्रमुख दीपशिखा दाहाल र बैंकको बागमती प्रादेशिक कार्यालय प्रमुख विनय केसरी पौडेललगायतका यस क्षेत्र आसपासका करिब ३०० जना स्थानीय सहभागी थिए ।
उक्त अवसरमा बागमती प्रदेशका वन, वातावरण तथा उद्योगमन्त्रीमा पौडेलले आर्थिक विकासका लागि सरकार र बैंकिङ क्षेत्रको सहकार्य हुनुपर्नेमा जोड दिए । बैंकका प्रमुख कार्यकारी अधिकृत अधिकारीले नेपालको पहिलो बैंक नेपाल बैकले ग्राहक चाहनाअनुसार प्रतिस्पर्धी मूल्यमा गुणस्तरीय बैंकिङ सेवा उपलब्ध गराउँदै आएको बताए । बैंकिङ ज्ञान अभिवृद्धि गर्न, बचत प्रोत्साहन गर्न, पुँजी निर्माण गरी उद्यमशीलता बढाउन र कोभिड–१९ महामारीको समय डिजिटल बैंकिङप्रति ग्राहक आकर्षणबारे कार्यक्रमका प्रशिक्षकले सहभागीलाई जानकारी गराएका थिए ।