Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

२ खर्ब ५८ अर्ब नाघ्यो सरकारको राजस्व आम्दानी

२ खर्ब ५८ अर्ब नाघ्यो सरकारको राजस्व आम्दानी

काठमाडौं, ३ कात्तिक । चालू आर्थिक वर्षको प्रथम त्रैमासमा सरकारको पूँजीगत खर्च निराशाजनक रहे पनि राजस्व आम्दानी भने उत्साहप्रद रहेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार असोज समान्तसम्ममा सरकारको राजस्व आय वार्षिक लक्ष्यको २२.१५ प्रतिशत असुली भएको छ ।

चालू आर्थिक वर्षमा सरकारको कुल राजस्व आम्दानीको लक्ष्य ११ खर्ब ५१ अर्ब ६० करोड रुपैयाँ रहेकोमा असोज अन्त्यसम्ममा २ खर्ब ५५ अर्ब ३ करोड ९३ लाख रुपैयाँ संकलन भएको छ । यस्तै मंगलवार (कात्तिक २)सम्ममा भने यो २ खर्ब ५८ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ, जुन वार्षिक लक्ष्यको २२.४६ प्रतिशत हो ।

संकलित कुल राजस्वमध्ये कर राजस्व मात्रै २ खर्ब २९ अर्ब ७ करोड रुपैयाँ रहेको छ । यो करतर्फ वार्षिक लक्ष्यको २२.०७ प्रतिशत हो । सरकारले चालू आवमा कर राजस्व १० खर्ब ३८ अर्ब १९ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ ।

यस्तै सोही अवधिमा गैरकर राजस्व भने वार्षिक लक्ष्यको २२.८९ प्रतिशत असुली भएको छ । गैरकर तर्फ वार्षिक लक्ष्य १ खर्ब १३ अर्ब ४० करोड रुपैयाँ रहेकोमा प्रथम त्रैमासको अवधिमा २५ अर्ब ९५ करोड रुपैयाँ संकलन भएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x