सुन र चाँदीकै मूल्य बढ्यो

काठमाडौं, ३ कात्तिक । बुधबार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला १०० रुपैयाँ बढेको छ । यो दिन सुनको मूल्य बढेर ९१ हजार ४०० रुपैयाँ कायम भएको छ । छापावाल सुनको मूल्य सोमवार भने प्रतितोला ९१ हजार ३०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ९०० रुपैयाँमा कारोबार हुनेछ जुन सोमवार भने प्रतितोला ९० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

बुधवार चाँदीको मूल्य भने सोमवारको तुलनामा प्रतितोला १० रुपैयाँ बढेर १ हजार २३५ रुपैयाँ पुगेको छ । चाँदी सोमवार प्रतितोला १ हजार २२५ रुपैयाँमा कारोबार भएको थियो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *