Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

८ कम्पनीहरुको २ करोड १३ लाख ४५ हजार ५३५.४६ कित्ता बोनस शेयर सुचिकृत

८ कम्पनीहरुको २ करोड १३ लाख ४५ हजार ५३५.४६ कित्ता बोनस शेयर सुचिकृत

काठमाडौं, २९ चैत्र । नेपाल स्टक एक्सचेन्जमा विहीबार ८ कम्पनीहरुको बोनस शेयर सुचिकृत भएका छन् । यी ८ कम्पनीहरुको नेप्सेमा आज २ करोड १३ लाख ४५ हजार ५३५.४६ कित्ता बोनस शेयर सुचिकृत भएका हुन् ।

बोनस शेयर सुचिकृत गर्नेहरुमा २ वाणिज्य बैंक, १ विकास बैंक, १ वित्त कम्पनी, २ लघुवित्त कम्पनी, १ वीमा कम्पनी र १ जलविद्युत कम्पनी हुन् । नेप्सेमा आज २ अर्ब १३ करोड ४५ लाख ५३ हजार ५४६ रुपैयाँ बराबरको बोनस शेयर थपिएको छ । यो बोनस शेयरको सुचिकरणसंगै शेयर बजारमा आपुर्ति पक्ष थप मजबुत बनेको छ ।

प्राइम कमर्शियल बैंकको १ करोड ७० लाख ७८ हजार ६६६.८९ कित्ता बोनस शेयर सुचिकृत भएका छन् । यस्तै सनराइज बैंकको पनि १० लाख ६३ हजार ३७६.५ कित्ता बोनस शेयर सुचिकृत भएका छन् ।

नेप्सेमा आज तिनाउ विकास बैंकको ४ लाख ६० हजार ८४९.०२ कित्ता बोनस शेयर सुचिकृत भएका छन् । जनकी फाइनान्सको ६ लाख १५ हजार ३४६ कित्ता बोनस शेयर नेप्सेमा सुचिकृत भएका छन् । सिभिल लघुवित्तको ४७ हजार २५० कित्ता र नागबेली लघुवित्तको २ लाख ४० हजार ४६.१५ कित्ता बोनस शेयर सुचिकृत भएका छन् । नेप्सेमा आज लुम्बिनी जनरल इन्स्योरेन्सको १० लाख कित्ता बोनस शेयर सुचिकृत गराइएको छ । साथै एपि पावर कम्पनीको ८४ हजार कित्ता बोनस शेयर नेप्सेमा सुचिकृत भएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x