महिला लघुवित्तले गर्याे लाभांश संशोधन
काठमाडौं, ५ कात्तिक । महिला लघुवित्त वित्तीय संस्थाले लाभांश संशोधन गरेको छ । संस्थाको सञ्चालक समितिको कार्तिक ५ गते बसेको बैठकले यस अघि प्रस्तावित लाभांश संशोधन गरेको हो । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजी १० करोड रुपैयाँको ४७.५ प्रतिशत अर्थात ४ करोड ७५ लाख रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि २.५ प्रतिशत अर्थात २५ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
यस अघि लघुवित्तले चुक्ता पूँजीको ४५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र लघुवित्तको आगामि साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।