वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिने बढे

काठमाडौं, ७ कात्तिक । कोरोना संक्रमणको दर घटेसँगै वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेहरू बढेका छन् । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार गत साउनको तुलनामा भदौमा श्रम स्वीकृति लिनेहरू दोब्बर पुगेका छन् ।

विभागका अनुसार साउनमा देशभरका १३ हजार ८०० ले श्रम स्वीकृति लिएकोमा भदौमा यो संख्या बढेर २४ हजार ६९० पुगेको छ, जुन अघिल्लो महिनाको तुलनामा जुन ४४ प्रतिशतले बढी हो ।

सो अवधिमा साउदी अरबको रोजगारीका लागि सबैभन्दा धेरै ११ हजार ६२८ जनाले श्रम स्वीकृति लिएका छन् । यस्तै दोस्रोमा कतारका लागि ९ हजार ३५९ र तेस्रोमा टक्र्स एण्ड साइकस आइल्याण्डका लागि १ हजार ५१२ जनाले श्रम स्वीकृति लिएका छन् ।

भदौमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेमा पुरुषको संख्या २३ हजार ४५६ र महिलाको संख्या १ हजार २३६ रहेको छ । यस्तै सोही अवधिमा अन्तिम श्रम स्वीकृति लिनेहरू भने ३६ हजार ४० रहेका छन् ।

Shangrila

Leave a Reply

Your email address will not be published. Required fields are marked *