Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

आइतबार नेप्से परिसूचक २७ अंक वृद्धि, २ अर्ब ७७ करोडको कारोबार

आइतबार नेप्से परिसूचक २७ अंक वृद्धि, २ अर्ब ७७ करोडको कारोबार

काठमाडौं, ७ कात्तिक । साताको पहिलोकारोबार दिन आइतबार नेप्से परिसूचक २७.५१ अंक वृद्धि भएर २५८४.५१ विन्दुमा रोकिएको छ । यो दिन परिसूचक १.०८ प्रतिशतले बढेर बन्द भएको हो ।

आज सेन्सेटिभ इन्डेक्स पनि ७.२४ अंकले वृद्धि भएर ४९०.६८ विन्दुमा रोकिएको छ । २२५ कम्पनीको ५८ लाख १८ हजार कित्ता शेयर २ अर्ब ७७ करोड ३४ लाख रुपैयाँमा खरिद विक्री भएको छ । कारोबारमा आएका १३ समूहमध्ये व्यापार समूह १.०७ प्रतिशतले घटेको छ भने बाँकी समूहको परिसूचक बृद्धि भएको छ ।

आज बेष्ट फाइनान्स कम्पनी र रिद्धी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर मूल्य १० प्रतिशत वृद्धि भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x