Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

डेरिभेटिभ बजार अध्ययन प्रतिवेदन सार्वजनिक, ५२.९ प्रतिशत फर्महरुलाई जानकारीको अभाव

डेरिभेटिभ बजार अध्ययन प्रतिवेदन सार्वजनिक, ५२.९ प्रतिशत फर्महरुलाई जानकारीको अभाव

काठमाडौं, १२ कात्तिक । नेपाल राष्ट्र बैंकले ‘नेपालमा विदेशी विनिमय डेरिभेटिभ बजार’ सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । उक्त प्रतिवेदन शुक्रबार सर्वाजनिक गरेको राष्ट्र बैंकले जानकारी दिएको हो । अध्ययनका लागि राष्ट्र बैंकले नमुनाका रुपमा ११५ फर्महरूलाई प्रश्नावलीमार्फत प्रश्न सोधेको थियो । अध्ययनका क्रममा ८१ उत्तरदाता गैरवित्तीय फर्महरूमध्ये १४.८ प्रतिशतले मात्र डेरिभेटिभ प्रोडक्टको प्रयोग गरेको देखिन्छ । जसमध्ये अधिकांश स्टिल तथा धातु उत्पादक फर्महरू रहेका छन् ।

दैनिक कारोबारमा विदेशी विनिमय जोखिम नरहेको भन्ने फर्महरू ३७ प्रतिशत रहेको र विदेशी विनिमय जोखिम रहेको भन्ने बाँकी फर्महरूमध्ये ५२.९ प्रतिशतलाई डेरिभेटिभ प्रोडक्टसम्बन्धी जानकारीको अभाव रहेको अध्ययनले देखाएको छ । अध्ययनले नेपालमा विदेशी विनिमयमा आधारित डेरिभेटिभ बजारको प्रचलित अभ्यासहरूको समीक्षा गर्दै डेरिभेटिभ उपकरणसम्बन्धी कानुनी एवम् नियमनकारी ढाँचाको अवस्था र बजारको स्थिति बारेमा विश्लेषण गरेको छ ।

यसका अतिरिक्त अध्ययनले सार्क मुलुकका विदेशी विनिमय डेरिभेटिभ बजारको अवस्थाका बारेमा पनि छोटकरीमा विश्लेषण गरेकोछ । सार्क मुलुकहरूमध्ये भारत, बङ्गलादेश, पाकिस्तान र श्रीलङ्कामा विदेशी विनिमय डेरिभेटिभ बजार अन्य मुलुकको तुलनामा बढी व्यवस्थित र फराकिलो देखिएको छ । सर्वेक्षण नतिजाअनुसार नेपालमा सबै वाणिज्य बैंकहरू फर्वाड मार्केटमा संलग्न रहेको र आधाजसो बैंकहरू स्वाप कारोबारमा संलग्न रहेको देखिएको छ ।

तरलता, बजार सहभागिता, कानुनी व्यवस्था, विषयवस्तुको ज्ञान एवम् बजार पूर्वाधारको आधारमा हेर्दा नेपालमा विदेशी विनिमय डेरिभेटिभ बजार अझै प्रारम्भिक अवस्थामा नै रहेको अध्ययनबाट देखिएको छ । विदेशी विनिमय डेरिभेटिभ कारोबारलाई समेट्ने छुट्टै कानुनी व्यवस्था गर्नुपर्ने अवस्था छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x