Date

शनि, अशोज १३, २०८०
Sat, September 30, 2023

आइतबार शेयर बजार ५५ अंकले बढ्यो, बैंकिङबाहेक सबै समूहमा हरियाली

आइतबार शेयर बजार ५५ अंकले बढ्यो, बैंकिङबाहेक सबै समूहमा हरियाली

काठमाडौं, १४ कात्तिक । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार ५५.५० अंकले वृद्धि भएको छ । गत कारोबार दिनको तुलनामा नेप्से परिसूचक १.९९ प्रतिशतले वृद्धि भएर २८३७.६१ विन्दुमा रोकिएको हो ।

आज २३२ धितोपत्रको १ करोड ३८ लाख ९९ हजार कित्ता शेयर ७ अर्ब ८२ करोड ३२ लाख रुपैयाँमा खरिद विक्री भएको छ । कारोबारमा आएका १३ समूहमध्ये बैंकिङ समूहको परिसूचक घटेको छ भने बाँकी सबै समूहको परिसूचक वृद्धि भएको छ । बैंकिङ समूह ०.१६ प्रतिशतले घटेको छ । सर्वाधिक परिसूचक वृद्धि विकास बैंक समूहको ६.५४ प्रतिशतले भएको छ ।

आज ६ वटा कम्पनीको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । सर्वाधिक मूल्यको शेयर खरिद विक्री आँखुखोला जलविद्युत कम्पनी लिमिटेडको ३१ करोड ५७ लाख रुपैयाँको भएको छ । त्यसैगरी दोस्रोमा नविल बैंक लिमिटेडको २८ करोड ३ लाख रुपैयाँ को भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x