राष्ट्रिय वाणिज्य बैंकको शाखा सिन्धुपाल्चोकको चौतारामा
काठमाडौं, १४ कात्तिक । राष्ट्रिय वाणिज्य बैंकले सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारा साँगाचोकगढीस्थित शाखा कार्यालय विस्तार गरी कारोबार सुरु गरेको छ । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले ताम्रपत्र अनावरण गरी बैंकको चौतारा शाखा कार्यालय एवं एटिएम सेवाको शनिबार विधिवत रुपमा उद्घाट्न गरेका हुन् ।
उक्त अवसरमा सभामुख सापकोटाले राष्ट्रिय वाणिज्य बैंकमा बैंकिङ्ग कारोबार गर्र्दा विश्वसनीय, सस्तो र सहज भएकाले नागरिकले बैंकसंग कारोबार गरी सरकारलाई सहयोग गर्नुपर्ने बताए । उनले अबको युग डिजिटल प्रविधिको प्रयोग तर्फ गईरहेकाले डिजिटल बैंकिङ्ग कारोबारबाट हुने जोखिमलाई न्यूनिकरण गर्दै डिजिटल बैंकिङ्गमा जोड दिनुपर्ने बताए ।
बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले आम नागरिकलाई आधुनिक बैंकिङ्ग सेवा प्रवाह गर्दै सरकारी नीति तथा कार्यक्रममलाई सघाउ पुग्ने गरी प्राथमिकताका साथ कार्य गरिरहेको बताए ।