Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

सन् २०२० यता विदेशका विश्वविद्यालयमा भर्ना हुने नेपाली विद्यार्थी ३६ प्रतिशतले बढे

सन् २०२० यता विदेशका विश्वविद्यालयमा भर्ना हुने नेपाली विद्यार्थी ३६ प्रतिशतले बढे

काठमाडौं, १५ कात्तिक । विश्वभरका सीमानाहरू पुनः खुल्न थालेसँगै अन्तर्राष्ट्रिय विश्वविद्यालय तथा कलेजहरूमा नेपालबाट विद्यार्थी भर्ना हुने क्रम उल्लेख्य रूपमा बढेको छ । प्रमुख अन्तर्राष्ट्रिय शिक्षा प्रदायक स्टडी ग्रुपले सन् २०२० यता नेपालबाट विदेशका विश्वविद्यालयमा भर्ना हुने विद्यार्थीको संख्या ३६ प्रतिशतले बढेको जानकारी दिएको छ ।

अष्ट्रेलिया विद्यार्थीहरुको मनपर्ने गन्तव्यको सूचीमा शीर्ष स्थानमा रहेको छ भने अमेरिका, बेलायत र युरोप पनि यस सूचीमा सामिल रहेका छन् । संस्थाका अनुसार गत वर्षदेखि ५५ प्रतिशत नेपाली विद्यार्थीहरूले उत्तर अमेरिकाका आफ्नो मनपर्ने विश्वविद्यालयहरूमा आवेदन दिएका छन् । त्यसैगरी ४५ प्रतिशत विद्यार्थी बेलायतका विश्वविद्यालयमा भर्ना भएका छन् भने १० प्रतिशतले विद्यार्थीले अष्ट्रेलियालाई आफ्नो मन पर्ने गन्तव्यको रूपमा रोजेका छन् । यी विद्यार्थीमध्ये अधिकांश नेपालका बाग्मती, गण्डकी र लुम्बिनी क्षेत्रका रहेका छन् ।

‘विदेशका विश्वविद्यालयहरूमा आवेदन दिने नेपाली विद्यार्थीहरूको संख्यामा यस्तो उल्लेख्यनीय वृद्धि भएको छ,’ अन्तर्राष्ट्रिय शिक्षा प्रदायक स्टडी ग्रुपका दक्षिण एसियाका क्षेत्रीय निर्देशक श्रीनी बन्दाराले भने, ‘उनीहरू उत्तर अमेरिका, बेलायत र अष्ट्रेलिया जस्ता देशहरूमा मुख्यतया आफ्नो शैक्षिक उत्कृष्टता हासिल गर्न, पार्ट टाइम जागिरका अवसर खोज्न रस्नातकोत्तर कार्य अनुभवको लागि आकर्षित हुन्छन् ।’

नर्सिङ, जनस्वास्थ्य, बिजिनेश एड्मिनिस्ट्रेसन, इन्जिनियरिङ व्यवस्थापन, लेखा, सूचना प्रविधि, डाटा विज्ञान, प्रारम्भिक बाल्यकाल शिक्षा, शहरी योजना र इन्जिनियरिङलगायतका अध्ययन कार्यक्रमहरू नेपाली विद्यार्थीहरूमाझ सबैभन्दा लोकप्रिय विषय रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x