Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

लगातार उकालो लागेको शेयर बजारमा सोमबार ब्रेक, ७ अर्ब ७७ करोडको कारोबार

लगातार उकालो लागेको  शेयर बजारमा सोमबार ब्रेक, ७ अर्ब ७७ करोडको कारोबार

काठमाडौं, १५ कात्तिक । गत साताभरी नै उकालो लागेको शेयर बजार साताको दोस्रो कारोबार दिन सोमबार (आज) घटेर बन्द भएको छ । आज नेप्से परिसूचक १७.७५ अंकले घटेर २८१९.८६ विन्दुमा रोकिएको हो । कारोबारमा आएका १३ समूहमध्ये ३ वटा समूहको परिसूचक वृद्धि भएको छ भने बाँकी समूहको परिसूचक घटेर बन्द भएको छ । परिसूचक वृद्धि हुनेमा बैंकिङ समूह ०.२५ प्रतिशत, होटल तथा पर्यटन समूह ०.२३ प्रतिशत र लगानी समूह ०.४३ प्रतिशत रहेका छन् ।

२२६ धितोपत्रको १ करोड ३४ लाख ३ हजार कित्ता ७ अर्ब ७७ करोड ७५ लाख रुपैयाँमा खरिद विक्री भएको छ । सर्वाधिक शेयर मूल्य वृद्धि मानुशी लघवित्त वित्तीय संस्था, साहरा उर्जा लिमिटेड र पाँचथर पावर कम्पनी लिमिटेड रहेको छ । यी कम्पनीको क्रमशः १० प्रतिशत, ९.९८प्रतिशत र ९.९८ प्रतिशतले मूल्य बढेको छ ।

महालक्ष्मी विकास बैंकको सर्वाधकमूइको शेयर खरिद विक्री भएको छ । यो कम्पनीको ३६ करोड ५८ लाख रुपैयाँको कारोबार भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x