Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

एनआईबिएल सहभागिता फण्डमा लगानी गर्दा चाँदीको सिक्का पाउने अवसर

एनआईबिएल सहभागिता फण्डमा लगानी गर्दा चाँदीको सिक्का पाउने अवसर

काठमाडौं, १६ कात्तिक । एनआईबिएल म्युचुअल फण्ड अन्र्तगत संचालनमा रहेको एनआईबिएल सहभागिता फण्ड (खुलामुखी योजाना)ले यस वर्षको धनतेरसको पावन अवसरमा लगानीकर्ताहरुलाई नेपालकै पहिलो खुलामुखी योजाना एनआईबिएल सहभागिता फण्डमा लगानी गरी चाँदिको सिक्का उपहारमा पाउने अवसर ल्याएको छ । सो योजना अन्र्तगत धनतेरसको दिन एनआईबिएल सहभागिता फण्डमा लगानी गरेका योग्य सहभागिहरुबाट गोलाप्रथाद्वारा ५ जनालाई चाँदीको सिक्का उपहार प्रदान गरिनेछ र सो को विजेता घोषणा Facebook Live मार्फत गरिनेछ ।

अनलाइन प्रणालीबाट समेत इकाइ खरिद गर्न मिल्ने यस फण्डले कार्तिक १६ गतेका लागि कारोबारको समय पनि ३ घण्टाले थप गरी बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म इकाईहरु खरिद गर्न मिल्ने व्यवस्था मिलाइएको छ । लगानीको लागि शुभ दिन मानिने धनतेरसमा एनआइबिएल सहभागिता फण्डका इकाईहरु खरिद गरी लगानीको शुभारम्भ गर्न आग्रह गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x