सामलिङ्ग पावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट

काठमाडौं, १६ कात्तिक । सामलिङ्ग पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको शेयर बाँडफाँट गरिएको छ । कम्पनीले कार्तिक ४ गतेदेखि ८ गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरेको साधारण शेयर मंगलबार बाँडफाँट गरेको हो ।
सर्वसाधारणका लागि छुट्याईएको शेयरका लागि २१ लाख ८८ हजार ७७८ योग्य आवेदक मध्येबाट गोलाप्रथाको माध्ययमवाटक ६ लाख ७ हजार ८९० जना सफल आवेदनकर्ता छनौट गरी प्रत्येक आवेदनकर्तालाई १० कित्ताका दरले शेयर बाँडफाँड गरिएको जानकारी दिइएको छ ।

कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका कुल १२ लाख ३० हजार कित्ता साधारण शेयर मध्ये आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुको लागि छुट्याईएको ५ लाख कित्ता, कम्पनीका कर्मचारीहरुलाई छुट्याईएको १४६०० कित्ता रसामूहिक लगानी कोषहरुलाई छुट्याईएको ३६५०० कित्ता यस अघिनै बाँडफाँड गरिसकिएको छ ।
कम्पनीले इलाम जिल्लास्थित माइबेनी जलविद्युत् आयोजनाबाट ९.५१ मेगावाट जलविद्युत् आयोजनाको सम्पूर्ण निर्माण कार्य सम्पन्न गरी मिति २०७८ आश्विन १ गते देखि व्यापारिक उत्पादन सुरु गरी सकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *