Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

बैंकर्स संघको नयाँ उपाध्यक्षमा सुनिल केसी

बैंकर्स संघको नयाँ उपाध्यक्षमा सुनिल केसी

काठमाडौं, २३ कात्तिक । नेपाल बैंकर्स संघको नयाँ नयाँ कार्यसमिति चयन भएको छ । कार्यसमितिको नयाँ उपाध्यक्षमा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी चयन भएका छन् ।

संघको अध्यक्षमा अनिल उपाध्याय सर्वसम्मत चयन भइसकेका छन् । अध्यक्षका लागि उम्मेदवारी दिने निर्धारित मितिसम्म उपाध्यायको मात्रै उम्मेदवारी परेको थियो । उपाध्याय यसअघि संघको उपाध्यक्ष थिए ।

संघमा दुई नयाँ सदस्यहरू समेत चयन भएका छन् । सदस्य पदमा लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय बिक्रम शाह र एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने चयन भएका छन् ।

संघको सदस्यका रूपमा लक्ष्मी बैंकका सीईओ अजय बिक्रम शाह, मेघा बैंककी अनुपमा खुञ्जेली, नेपाल एसबीआईका लिपकुमार डे, नेपाल बैंकका कृष्ण अधिकारी, एनआईसी एसियाका रोशन न्यौपाने, माछापुच्छ्रे बैंकका सन्तोष अधिकारी र सनराइज बैंकका सुमन शर्माले काम गर्नेछन्। सल्लाहकारमा अनिल केशरी शाह र ज्ञानेन्द्र ढुंगाना चयन भएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x