Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

‘विप्रेषण आप्रवाहमा ह्रास, बढ्दो आयात र सरकारी खर्च नहुँदा तरलतामा चाप : गभर्नर अधिकारी

‘विप्रेषण आप्रवाहमा ह्रास, बढ्दो आयात र सरकारी खर्च नहुँदा तरलतामा चाप : गभर्नर अधिकारी

काठमाडौं, २४ कात्तिक । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आर्थिक वर्षको सुरुमै सोचेअनुरुप रेमिट्यान्स नआउनु, आयात बढेर बाह्य क्षेत्रमा दबाब परेको र सरकारी खर्च बेलैमा नहुँदा तरलतामा चाप परेको बताएका छन् । बढी कर्जा प्रवाह हुँदा तरलता अभाव भएको उनको भनाइ छ ।

नेपाल बैंकर्स संघको ३५औं साधारणसभामा गभर्नर अधिकारीले अर्थतन्त्रको पुनरुत्थान चाँडो हुन ऋण विस्तार सहयोगी भएकाले पनि अभाव भएको उल्लेख गरे । बैंक तथा वित्तीय संस्थालाई संयमित भएर ऋण विस्तार र ब्याज समायोजन गर्न उनले आग्रह गरेका छन् । नाफा मात्र खोज्ने प्रवृत्ति हुँदा ऋण विस्तार भएको भन्दै बैंकरमा अनुशासन कायम हुन जरुरी भएको उनले औंल्याए ।

अर्थविद् डा शंकर शर्माले बैंकिङ क्षेत्र संवेदनशील क्षेत्र भएकाले यसको व्यवस्थापन र सञ्चालनमा विशेष ध्यान दिन आग्रह गरे । वाणिज्य बैंकको सेवालाई प्रतिस्पर्धी र प्रविधिमैत्री बनाएर उपभोक्ताको सेवालाई सहज बनाउनुपर्नेमा उनले जोड दिए । संघका निवर्तमान अध्यक्ष भुवन दाहाल र वर्तमान अध्यक्ष अनिल उपाध्ययायले बैंकमा २० प्रतिशतभन्दा बढी सम्पत्ति रिजर्भ रहेकाले अहिले नै तरलता अभावमा अत्तिनुपर्ने अवस्था नभएको बताएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x